images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 380
    SHARES
  • २०८१ मंसिर १३ गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा फरवार्ड माइक्रोफाइनान्स र सर्पोट माइक्रोफाइनान्स रहेका छन् । 

    फरवार्ड माइक्रोफाइनान्स १३.३ प्रतिशत बोनस बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३ सय ५२ रुपैयाँ १६ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ५ सय ३२ रुपैयाँमा भएको थियो । 

    सर्पोट माइक्रोफाइनान्स १३.७७५ प्रतिशत बोनस बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ हजार ९ सय २४ रुपैयाँ १९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ हजार ३ सय २७ रुपैयाँमा भएको थियो । 

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 


    images
    images

    Logo