काठमाडौं । साताको अन्तिमा दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो तीन कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अंकले घटेर २ हजार ७ सय ४८ दशमलव ५ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
विहीबार ५० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहका परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १.०५ प्रतिशत र जीवन बीमा उपसमूहको परिसूचक ०.४७ प्रतिशत बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन पाँचथर पावर कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।



