काठमाडौं । सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । होटलको १० प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय १८ रुपैयाँ १८ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ७० रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा विहीबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।