काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको छ ।
कात्तिक ७ गते बसेको बैंकको सञ्चालक समितिको ११ औ बैठकबाट वाग्लेको राजिनामा स्वीकृत गरेको हो ।
आफ्नो व्यक्तिगत घरायसी कारण देखाउँदै अध्यक्ष सुरेन्द्रराज वाग्लेले कात्तिक ७ गते राजिनामा दिएका थिए । वाग्लेले दिएको राजिनामा सोही मिति देखि नै लागू हुने गरी स्वीकृत भएको बैंकले जनाएको छ ।