images
images

निरन्तर तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ९ अर्ब ३१ करोड


  • 388
    SHARES
  • २०८१ मंसिर १२ गते बुधबार

    निरन्तर तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ९ अर्ब ३१ करोड

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८१ अंकले बढेर २ हजार ७ सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका ३ सय १६ स्क्रिपको  ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर किनेबच भएको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका १ सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ । ४० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सामान्य घटेको हो।

    आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। 


    images
    images

    Logo