काठमाडौंं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले साधारणसभा गर्ने भएको छ । बैंकले १५.५० प्रतिशत लाभांश दिने प्रस्ताव सहित २७ औ वार्षिक साधारणसभा गर्न लागेको हो ।
बैंकको वार्षिक साधारणसभा मंसिर २ गते शुक्रबार बिहान ११ बजे बैंकको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बस्दैछ । कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २७ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
सो साधारणसभामा बैंकले आर्थिक वर्ष ०७७र०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
उक्त साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते एकदिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १४ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश र उक्त साधारणसभामा सहभागिता हुन पाउने छन् ।



