काठमाठौं । कामना सेवा विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार बुधबार बैंकको १८.५० प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो ।
सो बैंकको बुक क्लोज पछिको शेयर मुल्य ६ सय ७ रुपैयाँमा समायोजन भएको छ ।
कामना सेवा विकास बैंक लिमिटेडको अन्तिम कारोबार ७ सय १९ रुपैयाँमा भएको थियो ।
बैंकले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश वितरणगर्ने निर्णय गरेको थियो ।
उक्त बैंकको वार्षिक साधारणसभा कात्तिक २३ गते पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ काठमाडौंमा बस्दैछ । सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।



