काठमाडौं। मंगलबार शेयर बजार ७८.८२ अंकले बढेको छ । नेप्से बढेसँगै कारोबार रकममा पनि केही सुधार आएको हो ।
निरन्तर ओरालो लागेको शेयर बजार आइतबार देखि फेरी बढ्न थालेको हो । आइतबार शेयर बजार बढेपनि कारोबार भने बढेको थिएन ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक २.९५ प्रतिशतले बढेर २ हजार ७ सय ५१ दशमलव ०७ बिन्दुमा पुगेको हो ।
बजारमा आज १८७ वटा कम्पनीको ६ अर्ब ३१ करोड बराबरको १ करोड १४ लाख कित्ता शेयर कारोबार भएको छ । १७९ वटा कम्पनीको शेयर मुल्य बढ्दा ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
नेप्से परिसुचक सहित सेन्सेटिभ, सेन्सेटिभ फ्लट उपसुचकहरु पनि सकारात्मक रहेका छन् ।
बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, फाइनान्स, ट्रेडिङ लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ ।
बजार बढेसँगै कामना सेवा विकार बैंकको सर्वाधिक ४४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बेष्ट फाइनान्स, राधि विद्युत्त कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल लिमिटेड घलेम्दी हाइड्रो, चन्द्रागिरी हिल्स, ङादी ग्रुप पावर, बरुण हाईड्रो, सिङगटी पावर डेभलपमेण्ट शिव श्री हाइड्रो कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो ।
आज मुल्य घट्ने कम्पनीहरुमा रैरङ हाइड्रोपावर, साना किसान विकास बैंक, सिटीजन्स म्युचुअल फण्स आदि रहेका छन् ।



