images
images

सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत


  • 292
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन समेत भएको छ ।

    कोष संचालनमा आएको सात बर्षमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत हुँदा कोशी प्रदेशका दुई हजार ९६, मधेशका एक हजार ६, बागमती प्रदेशका १३ हजार ५३०, गण्डकी प्रदेशका ९५०, लुम्बिनी प्रदेशका एक हजार ६३१, कर्णाली प्रदेशका २६५ र सुदुर पश्चिमका २९१ रोजगारदाता सुचीकृत भएका हुन् ।

    त्यस्तै वैदेशिक रोजगारीमा रहेका १२ लाख ५३ हजार ६१५ जना कोषमा आबद्ध भएका छन् । अनौपचारिक क्षेत्रका ३०७, स्वरोजगार २२७ जना कोषका आबद्ध भएको कोषको तथ्यांकमा उल्लेख छ ।


    images
    images

    Logo