काठमाडौं । दुई कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । जसमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ र बिशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर वापतको शेयर सूचीकृत भएको हो ।
विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचीकृत भएको छ । यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख ५० हजार ९ सय ४ दशलमव २५ कित्ता शेयर सूचीकृत भएको छ ।
दुई कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।