images
images

प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्ने दुई कम्पनीले दिए बोर्डमा निवेदन


  • 352
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्ने दुई कम्पनीले दिए बोर्डमा निवेदन

    काठमाडौं । आईपीओ निष्काशनका लागि २ कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिनेमा  कैलाश हेलिकप्टर र छायादेवी कम्प्लेक्स रहेका छन् । यी दुवै कम्पनी बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति मागेका हुन्।

    कैलाश हेलिकप्टरले १०० रुपैयाँ अंकित दरमा २२७ रुपैयाँ प्रिमियम थपेर ३२७ रुपैयाँमा आईपीओ ल्याउने तयारी गरेको छ। हेलिकप्टरले ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ११ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । 

    छायादेवी कम्प्लेक्सले १०० रुपैयाँ अंकित दरमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ ल्याउने तयारी गरेको छ ।कम्प्लेक्सले १४ लाख ३७ हजार ५०० कित्ता कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । 


    images
    images

    Logo