काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था बीच कार्त्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्थालाई लाई एक आपसमा गाभेर विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई भदौ १५ गते बाट नै अन्तिम स्वीकृति दिएको थियो । बैंकको स्वीकृति पाएसँगै लघुवित्तले कार्त्तिक १५ गतेदेखि एकीकृत कारोबारको गर्न लागेको हो ।