images
images

सुरु भएको २ महिनामै काठमाडौं–मन्थली उडान बन्द


  • 408
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    सुरु भएको २ महिनामै काठमाडौं–मन्थली उडान बन्द

    काठमाडौं । दुई महिना सञ्चालनमा रहेको रामेछापको मन्थली–काठमाडौं उडान सेवा बन्द भएको छ । मन्थलीबाट काठमाडौं र काठमाडौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै बिमान कम्पनीहरुले उडान बन्द गरेका हुन् ।

    गत असोज १२ गतेको भिषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातयात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेश्रो सातादेखी निजि बिमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए ।

    तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली बिमानस्थलमा बिगत दुइसाता देखी काठमाडौंका लागि उडान सेवा बन्द भएको छ । बिना सुचना बिमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरु समेत अलपत्र परेका छन् ।

    जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ्गसहित जिल्लाबासीहरुको तीब्र दबाब पछि उडान शुरु गरेका बिमान कम्पनीहरुले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन् ।

    बिमान कम्पनीहरुले उडान सेवा बन्द भएको घोषणा नगरेको भएपनि अहिले उडान तालिका नभएको भन्दै मन्थलीबाट काठमाडौं र काठमाडौंबाट मन्थलीका लागि उडान सेवा बन्द गरेका छन् । तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन् ।


    images
    images

    Logo