काठमार्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमा कम्पनीका दुई सञ्चालकलाई पद मुक्त गरेका छन् । मन्त्री स्तरीय निर्णय गर्दै शर्माले सञ्चालकहरु सुखचन्द्र झा र रमेश रानालाई अवकाश दिएका हुन् ।
झालाई ६५ वर्ष उमेर पुरा भएको भन्दै अवकाश दिएको हो । रानालाई हटाउनुको कारण भने केही उल्लेख गरिएको छैन । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाको पत्र अनुसार उनीहरु पदमुक्त भएको पुनर्बीमा कम्पनीका कम्पनी सचिव बिष्णु प्रसाद उपाध्यायले उल्लेख गरेका छन् । या सँगै कम्पनीमा अध्यक्ष सहित चार सञ्चालककाे पद रिक्त भएको छ ।
हाल बीमा कम्पनीकाे तर्फबाट दीप प्रकाश पाण्डे र सर्वसाधारण शेयरधनीकाे तर्फबाट नवराज मुडभरी मात्रै सञ्चालककाे रुपमा कायम छन् ।