images
images

हकप्रद शेयर निष्काशनको लागि ङादी ग्रुप पावरको बुक क्लोज मिति तय


  • 341
    SHARES
  • २०८१ मंसिर १० गते सोमबार

    हकप्रद शेयर निष्काशनको लागि ङादी ग्रुप पावरको बुक क्लोज मिति तय

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

    यसका आधारमा मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४ सय ४५ रुपैयाँ पुग्नेछ ।

    कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६९ असोज ३० देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।


    images
    images

    Logo