images
images

पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासनको अनुमति


  • 646
    SHARES
  • २०८१ मंसिर १० गते सोमबार

    पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति झण्डै पाँच महिनापछि दिएको छ । आइतबार बोर्डले गार्डियन लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि अनुमतिपत्र प्रदान गरेको हो ।

    यसअघिका अध्यक्ष रमेश हमालले अघिल्लो वर्ष पुस १९ सम्म विभिन्न कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । हमालको अवकाशपछि आईपीओ निष्कासन प्रक्रिया रोकिँदै आएकोमा असारमा रिलायन्स स्पिनिङ मिललाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिइएको थियो । तर, संसद्को सार्वजनिक लेखा समितिको निर्देशनसँगै सो आईपीओ निष्कासन रोकिएको छ ।

    अहिले भने अंकित मूल्यमै निष्कासन गर्नेगरी स्वीकृति दिइएको हो । अहिले धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ ।


    images
    images

    Logo