images
images

हकप्रद शेयर निष्काशन गर्न ङादी ग्रुपले बोर्डबाट पायो अनुमति


  • 291
    SHARES
  • २०८१ मंसिर ९ गते आइतबार

    हकप्रद शेयर निष्काशन गर्न ङादी ग्रुपले बोर्डबाट पायो अनुमति

    काठमाडौं । ङादी ग्रुप पावरले सतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज मंसिर ९ गते १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको  १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ दशलमव ५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४ सय ४५ रुपैयाँ पुग्नेछ ।

    कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४।९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६९ असोज ३० देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

    कम्पनीले संचालित आयोजनाको मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरू पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पुँजी बृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पुर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद निष्काशन गर्न लागेको हो ।


    images
    images

    Logo