images
images

नेप्सेसँगै घट्यो कारोबार रकम


  • 312
    SHARES
  • २०८१ मंसिर ९ गते आइतबार

    नेप्सेसँगै घट्यो कारोबार रकम

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अंकले घटेर २ हजार ६ सय ६७ दशमलव ४० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम दिन ८ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६३ प्रतिशत घटेको छ।

    आइतबार कारोबारमा आएका ५५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८१ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर स्थिर छ । 

    कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने १० प्रतिशत नबिल डिबेञ्चर २०८२ को मूल्य ९ प्रतिशत बढेको छ।


    images
    images

    Logo