images
images

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 426
    SHARES
  • २०८१ मंसिर ९ गते आइतबार

    नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछ।

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा ४० औं वार्षिक साधारण सभा बोलाएको छ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६ सय ७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले गाभ्ने गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्नेदेखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पनि पारित गर्नेछ।

     

     


    images
    images

    Logo