images
images

शेयर बजारमा छायो हरियाली, कारोबार रकममा पनि सुधार 


  • 748
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    शेयर बजारमा छायो हरियाली, कारोबार रकममा पनि सुधार 

    काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार ८७.६३ अंकले बढेको छ । बजार ३.२९ प्रतिशतले बढेर २ हजार ६ सय ७२ दशमलब २५ बिन्दुमा पुगेको हो । शेयर बजार बढेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । 

    बजारमा आज १८७ वटा कम्पनीको ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ८३ लाख कित्ता शेयर कारोबार भएको छ । १८३ वटा कम्पनीको शेयर मुल्य बढ्दा ३ वटा कम्पनीके मुल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    हाइड्रोपावर र फाइनान्स कम्पनीको शेयर मुल्य ७ प्रतिशतले बढेको छ ,त्यसैगरी इन्भेष्टमेन्ट र निर्जीवन बीमा कम्पनीको शेयर मुल्य ४ प्रतिशतले बढेको हो । लाइफ इन्स्योरेन्सको मुल्य ३ प्रतिशतले बढेको छ भने बैंक, होटल एण्ड टुरिजम, माइक्रोफाइनान्स,र अन्य कम्पनीको शेयरमुल्य २ प्रतशतले बढेको छ विकास बैंकको शेयर मुल्य आज ६ प्रतिशतले बढेको छ । 

    गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, राधि विद्युत्त कम्पनी, सेन्टरल फाइनान्स, गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स, नेपाल हाइड्रो, सिनर्जी पावर कम्पनी, युनियन हाइड्रो, माउन्टेन इनर्जी, शिव श्री हाइड्रो र श्री इन्भेष्टमेन्ट कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो । 

    महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड २५ लाख कित्ता शेयर कारोबार भएको छ । 

    आज मुल्य घट्ने कम्पनीहरुमा यनिलिभर नेपाल लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, लक्ष्मी बैंक डिबेन्भर २०८८ आदि रहेका छन् । 


    images
    images

    Logo