images
images

सातामा ६८ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 430
    SHARES
  • २०८१ मंसिर ८ गते शनिबार

    सातामा ६८ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौैं । यस साता नेप्से ६८.३४ अंक घटेर २ हजार ६ सय ८० दशमलव ४४ विन्दुमा पुगेको छ।यस साता बजार खुलेका ४ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साताको मंगलबार र बिहीबार नेप्से घटेको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २.४९ प्रतिशत अर्थात १ खर्ब ८ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ६८ अर्ब झरेको छ।

    साताको पहिलो दिन आइतबार ४.९८ अंकले बढेर २ हजार ७ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको थियो । सो दिन ११ अर्ब ५६ करोड रुपैयाँ रुपैयाँ बराबरमा कारोवार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार शेयर बजार बन्द थियो । सो दिन सरकारले सार्वजनिक विदा दिएको कारणले गर्दा शेयर बजार बन्द रहेको थियो । 

    साताको तेस्रो दिन मंगलबार ५१.११ अंकले घटेर २ हजार ७ सय २ दशमलव ६५ विन्दुमा पुगेको थियो । सो दिन १० अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ९.०९ अंकले बढेर २ हजार ७ सय ११ दशमलव ७५ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार ३१.३१ अंकले घटेर २ हजार ६ सय ८० दशमलव ४४ विन्दुमा पुगेका थियो । सो दिन ८ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड र विकास बैंक उपसमूहको परिसूचक क्रमशः ०.३२ प्रतिशत र ०.१४ प्रतिशत बढेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.११ प्रतिशत घटेको छ।  


    images
    images

    Logo