images
images

नेपाल एअरलाइन्सले ५ हजार रुपैयाँसम्म घटायो हवाई भाडा


  • 371
    SHARES
  • २०८१ मंसिर ६ गते बिहीबार

    नेपाल एअरलाइन्सले ५ हजार रुपैयाँसम्म घटायो हवाई भाडा

    काठमाडौं । नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिन थालेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिएको हो ।

    भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरिएको निगमले जनाएको छ ।

    दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ ।

    साथै, निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत २०२४ नोभेम्बर १ देखि २२ तारिखसम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीकोे सिफारिसमा काठमाडौं–दिल्ली–काठमाडौं ३७ जनालाई सतप्रतिशत छुट दिएको छ ।

    यस्तै ३३ जना बिरामीका आफन्तलाई ५० प्रतिशतमा टिकट उपलब्ध गराएको जनाएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराएको छ ।


    images
    images

    Logo