काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारणसभा गर्ने भएको छ । कम्पनीले १० प्रतिशत लाभांश दिने प्रस्ताव सहित छैठौं वार्षिक साधारणसभा गर्न लागेको हो ।
सो कम्पनीको साधारणसभा कात्तिक ३० गते दिँउसो ३ बजे राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबारप्लाजा काठमाडौंमा बस्दैछ ।
कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले सो साधारणसभा गर्ने निर्णय गरेको हो ।
सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्नेछ ।