काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार सोमबार कुमारी बैंक र गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन भएको हो ।
कुमारी बैंकको ६ प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन भएको हो । बैंकको प्रति शेयर मुल्य २ सय ६४ दशमलव १५ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २ सय ८० रुपैयाँमा भएको थियो ।
यस्तै गुँरास लघुवित्त वित्तीय संस्थाको १६.९०६४ प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन भएको हो। वघुवित्तको प्रति शेयर मुल्य १ हजार ३ सय ४८ दशमलव ०९ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १ हजार ५ सय ७६ रुपैयाँमा भएको थियो ।