images
images

सामलिङ हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, हिजोसम्म कति पर्यो आवेदन ?


  • 520
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    सामलिङ हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, हिजोसम्म कति पर्यो आवेदन ?

    काठमाडौं । सामलिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद आज सकिँदैछ । तोकिएको न्यूनतम समयावधिमा मागभन्दा बढी आवेदन परेपछि बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले आवेदन बन्द गर्न लागेको हो । 

    आइतबारसम्म १५ लाख ५२ हजार ३ सय ७० जनाले सो शेयरका लागि आवेदन दिएका थिए । यो मागभन्दा करिब २७ गुणा बढी आवेदन हो । सो कम्पनीले ७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेकोमा म्युचुअल फण्ड र संस्थाका कर्मचारीलाई आरक्षण छुट्याएर ६ लाख ७८ हजार ९ सय कित्ता शेयर सर्पसाधारणलाई बिक्री गरिरहेको छ । 


    images
    images

    Logo