काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार आईतबार फेरी बढ्न थालेको छ ।
साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक २७ अंक बढेर २ हजार ५ सय ८४ दशमलव ५३ बिन्दुमा पुगेको हो । शेयर बजार बढेपनि कारेबार रकम भने २ अर्बमै सिमित भएको छ ।
बजारमा आज १८७ वटा कम्पनीको २ अर्ब ७७ करोड बराबरको ५८ लाख कित्ता शेयर कारोबार भएको छ । १५० वटा कम्पनीको शेयर मुल्य बढ्दा ३१ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ६ वटा कम्पनी स्थिर रहेको छ ।
नेप्से सहित सेन्सेटिभ, फ्लोट, र सेन्सेटिभ फ्लोट उपसुचकहरु पनि सकारात्मक रहेका छन् ।
आज बजारमा ट्रेडिङ कम्पनी बाहेक बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड,फाइनान्स, माइक्रोफाइनान्स, लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ ।
बजार बढेसँगै बेष्ट फाइनान्स र रिडी हाईड्रोपावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । आइसी एफसी फाईनान्सको को सर्वाधिक १५ करोड ९१ लाख कित्ता शेयर कारोबार भएको छ ।
बेष्ट फाइनान्स र रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, रिलायन्स फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर सपोर्ट लघुवित्त वित्तीय संस्था कम्पनी आदिको शेयर मुल्यमा बढेको छ ।
आज मुल्य घट्ने कम्पनीहरु मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था। सानिमा बैक, माछापुच्छ्र्रे बैंक रु रु जलविद्युत् परियोजना कम्पनी आदि रहेका छन् ।



