images
images

५१ अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्ब ४६ करोड


  • 292
    SHARES
  • २०८१ मंसिर ४ गते मंगलबार

    ५१ अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्ब ४६ करोड

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएका नेप्से यस दिन ५० अंकभन्दा बढीले घटेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अंकले घटेर २ हजार ७ सय २ दशमलव ६५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १० स्क्रिपको १० अर्ब ४६ करोड रुपैयाँ बराबरको २ करोड २५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको शेयर कारोबार भएको थियो । 

    मंगलबार १४ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हाइड्रोपावर उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा आत्मानिर्भर लघुवित्त रहेका छन् ।  त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। 


    images
    images

    Logo