images
images

सर्पोट लघुवित्तको ३१ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 627
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    सर्पोट लघुवित्तको ३१ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौ । सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

    लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ं.५७८९४७३६३६ प्रतिशत नगद गरी कुल ३१.५७८ प्रतिशत लाभांश घोषणा गरेको हो । 

    शुक्रबार बसेको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १६८ औं बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीका अनुसार कम्पनीले शेयरधनीहरुलाई ३० प्रतिशत बराबरको १ करोड ९८ लाख रुपैयाँ बोनस शेयर र १ं.५७८९४७३६३६ प्रतिशत बराबरको १० लाख ४२ हजार १ सय  रुपैयाँ बराबरको कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिने भएको हो । यो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 

    हाल संस्थाको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको छ । ३० प्रतिशतका दरले हुन आउने १ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।


    images
    images

    Logo