images
images

सामान्य अंकले बढ्यो नेप्से कारोबार रकम ११ अर्ब ७२ करोड


  • 310
    SHARES
  • २०८१ मंसिर २ गते आइतबार

    सामान्य अंकले बढ्यो नेप्से कारोबार रकम ११ अर्ब ७२ करोड

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले बढेर २ हजार ७ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २६ स्क्रिपको ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको २ करोड ४४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको विहीबार १० अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज १ सय ४५ कम्पनीको शेयर मुल्य बढेको छ । ९२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माइक्रोफाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ४१ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ३५ करोड माथिको शेयर कारोबार भएको छ ।

    आइतबार ३ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र  अपर हेवाखोला हाइड्रोपावर रहेका छन् । त्यस्त, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने बाराही हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। 

     


    images
    images

    Logo