images
images

बोनस शेयरपछि दुई वाणिज्य बैंकको शेयर मुल्य समायोजन 


  • 524
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    बोनस शेयरपछि दुई वाणिज्य बैंकको शेयर मुल्य समायोजन 

    काठमाडौं । बोनस शेयर वितरण पछि दुई वाणिज्य बैंकको शेयर मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार आइतबार सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयर मुल्य समायोजन भएको हो 

    सानिमा बैंकको १७ प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन भएको हो । बैंकको प्रति शेयर मुल्य ४ सय १७ दशमलव ७८ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ४ सय ८८ दशमलव ८० रुपैयाँमा भएको थियो ।   

    यस्तै माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन भएको हो। बैंकको प्रति शेयर मुल्य ३ सय २२ दशमलव ०७ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ३ सय ६४ दशमलव ९० रुपैयाँमा भएको थियो ।   

     

     

     

     


    images
    images

    Logo