images
images

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ४ जनाले पाए ११ कित्ता शेयर


  • 299
    SHARES
  • २०८१ कार्तिक ३० गते शुक्रबार

    समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ४ जनाले पाए ११ कित्ता शेयर

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

    लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको थियो। 

    सो शेयरमा कुल १३ लाख ४८ हजार ९ सय १२ आवेदकमार्फत १ करोड ९६ लाख ९६ हजार १ सय ८० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ३ सय ९९ आवेदन रद्द भएका छन् भने १३ लाख ४७ हजार ५ सय १३ आवेदन स्वीकृत भएका छन्।

    मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको शेयर बाँडफाँट गरिएको थियो। जसअनुसार ३५ हजार ९० आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४.२५ कित्ता शेयर १ कित्ताका दरले ४ जनालाई र ०.२५ कित्ता एक जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

     


    images
    images

    Logo