images
images

हिमालयन पावर पार्टनरले हकप्रद शेयर जारी गर्ने


  • 342
    SHARES
  • २०८१ कार्तिक २९ गते बिहीबार

    हिमालयन पावर पार्टनरले हकप्रद शेयर जारी गर्ने

    काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको आज विहीबार बसेको सञ्चालक समितिको बैठकले २ः१ को अनुपात अथात् ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । 

    उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि सेयरधनीलाई हकप्रद जारी हुनेछ  कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद बिक्री गर्न लागेको हो । 

    हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी १ अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुग्नेछ । 


    images
    images

    Logo