काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । लघुवित्तले लाभांशको दरलाई यथावत राख्दै बोनस शेयर बढाएको हो
संस्थाले यसअघि ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
उक्त लाभांश लाई परिमार्जन गरी लघुवित्तले अब ४७.५ प्रतिशत बोनस शेयर र २ं५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्नेछ ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई लघुुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भए पछि वितरण गर्नेछ ।