images
images

बोनस शेयर र लाभांश दिने प्रस्ताव सहित ४ कम्पनीले बाेलाए साधारणसभा, बुक क्लोज कहिले ?


  • 12.2K
    SHARES
  • २०७८ कार्तिक ५ गते शुक्रबार

    बोनस शेयर र लाभांश दिने प्रस्ताव सहित ४ कम्पनीले बाेलाए साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । चार वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । बोनस शेयर, नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो । 

    स्वरोजगार लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, मेगा क्यापिटल मार्केट्सले वार्षिक साधारणसभा गर्न लागेको हो ।  

    स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २७ गते शनिबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्दैछ । कात्तिक ४ गते बसेको सञ्चालक समितिको २२५ औ बैठकले संस्थाकोको १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    उक्त लघुवित्तले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने १० करोड २८ लाख १९ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेछ। 

    सो वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १२ गते देखि २७ गते सम्मको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ११ गतेसम्म कायम भएका शेयरधनीहरुले संस्थाले वितरण गर्ने लाभांश र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।

    आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २७ गते शनिबार बिहान ११ बजे फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बस्दैछ । कात्तिक ४ गते बसेको सञ्चालक समितिको९५ औं बैठकले संस्थाको ५ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    उक्त लघुवित्तले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने ६ करोड ६७ लाख ८२ हजार रुपैयाँ बराबरको बोनस शेयर र १.३१५७८९४ प्रतिशतका दरले हुन आउने ३५ लाख १४ हजार रुपैयाँ बराबरको कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 

    सो वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक १२ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ११ गतेसम्म कायम भएका शेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।

    सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २८ गते आईतबार बिहान ११ बजे बोगनभिल्ला इभेन्टस् त्रिपुरेश्वर काठमाडौंमा बस्दैछ । कात्तिक ४ गते बिहिबार बसेको सञ्चालक समितिको १८१ औं बैठकले संस्थाकोको १० औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    उक्त लघुवित्तले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने ४ करोड ६० लाख ३ हजार रुपैयाँ बराबरको बोनस शेयर र १ प्रतिशतका दरले हुन आउने २४ लाख २१ हजार रुपैयाँ बराबरको कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 

    सो वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक १४ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १३ गतेसम्म कायम भएका शेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।

    मेगा क्यापिटल मार्केट्स लिमिटेडको वार्षिक साधारणसभा कात्तिक २६ गते शुक्रबार दिउँसो ३ बजे सांकेत कम्प्लेक्स  त्रिपुरेश्वर काठमाडौंमा बस्दैछ । असोज २५ बसेको सञ्चालक समितिको ६५ औं बैठकले संस्थाकोको ४ औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १६ प्रतिशतका दरले हुन आउने ३ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। साथै सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ । 

     

     


    images
    images

    Logo