काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले आगामी कात्तिक ८ गते सम्म बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले छैठौं वार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनी किताव खाता बन्द गर्न लागेको हो । जस अनुसार कात्तिक ७ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र उक्त साधारणसभामा सहभागि हुन पाउनेछन् ।
शिवम् सिमेन्टस्को वार्षिक साधारण सभा कात्तिक १६ गते मंगलबार बिहान १० बजे होटल सोल्टी सोल्टीमोड काठमाडौंमा भर्चुअल माध्यमबाट बस्दैछ । असोज २२ गते बसेको सञ्चालक समितिको ९२ औं बैठकले कम्पनीको छैठौं वार्षिक साधारणसभा गर्न लागेको हो ।
उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। साथै सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ ।



