काठमाठौं । सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार शुक्रबार बैंकको १० प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो ।
सो बैंकको बुक क्लोज पछिको शेयर मुल्य ३ सय ३४ रुपैयाँमा समायोजन भएको छ ।
बिहीबार सांग्रिला डेभलपमेन्ट बैंकको अन्तिम कारोबार ३ सय ६८ रुपैयाँमा भएको थियो ।
बैंकले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त बैंकको वार्षिक साधारणसभा कात्तिक १६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा काठमाडौंमा बस्दैछ । सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।



