images
images

समता घरेलु लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने


  • 383
    SHARES
  • २०८१ कार्तिक २८ गते बुधबार

    समता घरेलु लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने

    काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकका अनुसार शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । 

    यता, समता घरेलुको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।

    यसमा १४ लाख ४२ हजार ४ सय २० जनाले कुल २ करोड १३ लाख ८ हजार ५ सय ७० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३ सय ३० जनाको भने हात खाली हुनेछ । 

    लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९ सय ४  कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । 

    यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । 

     


    images
    images

    Logo