काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । सो कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त आईपीओ बाँडफाँट गरेको थियो ।
सो शेयरका लागि २२ लाख ५५ हजार ८४ हजार आवेदन परेकोमा १३ हजार ९ सय दोहोरो आवेदकको आवेदन रद्द हुँदा २२ लाख ४१ हजार ३ सय ३८ स्वीकृत भएको थियो । ती आवेदन मध्येबाट २० लाख ९२ हजार ५ सय कित्ता शेयर बाँडफाँट गरिएको हो । सो शेयरमध्ये ४५ हजार कित्ता कर्मचारीलाई र १ लाख १२ हजार कित्ता सामुहिक लगानी कोषलाई बितरण गरिएको छ भने बाँकी सर्वसाधारणलाई वितरण गरिएको छ ।
कार्यक्रममा गोला प्रथा गरेर शेयर बाँडफाँट गरिएको हो । जसमा लक्की नम्बर ३ परेको छ । अर्थात् ३ नम्बर गोला अन्तर्गत बाँडफाँटमा परेका आवेदकहरु शेयर बाँडफाँटका लागि योग्य हुनेछन् । यसको रिजल्ट ग्लोबल आईएमई क्यापिटलको वेभसाइट, मेरोशेयर तथा आईपीओ रिजल्ट हेर्नको लागि सीडीएसीले विकास गरेको वेभसाइट http://iporesult.cdsc.com.np मार्फत् हेर्न सकिन्छ ।



