काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६० अंकले घटेको को छ । बिहिबार शेयर बजार घटेर २ हजार ५ सय ५६ दशमलव ९६ बिन्दुमा पुगेको हो ।
बजारमा आज १८६ वटा कम्पनीको २ अर्ब ६३ करोड बराबरको ६१ लाख कित्ता शेयर कारोबार भएको छ ।
१५१ वटा कम्पनीको शेयर मुल्य घट्दा ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ, भने बाँकी ५ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
म्युचुअल फण्ड र अन्य कम्पनीको शेयर मुल्य बढेको छ भने बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम,, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट,ट्रेडिङ, माइक्रोफाइनान्स, फाइनान्स लगायत सबै कम्पनीको शेयर मुल्य घटेको हो ।
सिटिजन्स म्युचुअल फण्ड–२, सनराईज ब्लुचिप फण्ड, एनआईबीएल प्रगति फण्ड, सिद्धार्थ बैंक लिमिटेड, नबिल ब्यालेन्स फण्ड आशा लघुवित्त वित्तीय संस्था आदि कम्पनीको शेयर मुल्य बढेको छ ।
आज मुल्य घट्ने कम्पनीहरुमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाईनान्स, रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आदि रहेका छन् ।



