काठमाडौं । बजार खुलेको सवा दुई घण्टामा शेयर बजार १५ अंकले घटेको छ ।
नेप्से घटेसँगै यो अवधिमा कारोबारमा आएका १८६ वटा कम्पनी मध्ये १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । ३२ वटा कम्पनीको मुल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
सानिमा बैंकको सर्वाधिक १० करोड ७४ लाख बराबरको शेयर कारेबार भएको छ ।
१३ वटा समुहमध्ये अन्य कम्पनी बाहेक सबै कम्पनीको शेयर मुल्य घटेको हो ।
