काठमाडौं । सामलिङ्ग पावर कम्पनीकाे साधारण शेयर (आईपीओ) आज देखि खुला भएको छ ।
कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
सामलिङ्ग पावर कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । जारी गरेको कुल शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ६ लाख ७९ हजार ९ सय कित्तामा शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त शेयरका लागि सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा कात्तिक १८ गते सम्म आवेदन दिन सकिनेछ ।
सो शेयरमा सर्वसाधारणले न्युनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जनाएको छ ।
सो कम्पनीको हालको चुक्ता पूँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ। कम्पनीले यसअघिनै आयोजना प्रभावितमा र स्थानियका लागि र्आपीओ जारी गरिसकेको छ । स्थानियलाई जारी गरेको ५ करोड रुपैयाँ, सर्वसाधारणलाई ७ लाख ३० हजार रुपैयाँ गरी १२ करोड ३० लाख बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ।
नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ ।
उक्त कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग रहेको छ ।



