images
images

दैनिक १० घण्टा विमानस्थल बन्द हुने भएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन


  • 436
    SHARES
  • २०८१ कार्तिक २२ गते बिहीबार

    दैनिक १० घण्टा विमानस्थल बन्द हुने भएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन

    काठमाडौं । नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि (शुक्रबार)देखि चैत महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि दैनिक १० घण्टा बन्द हुने भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो । 

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि विमानस्थल बन्द रहनेछ ।

    योसँगै नेपाल एयरलाइन्सले काठमाडौं–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ । त्यस्तै ११ बजेको काठमाडौं–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।

    त्यसैगरी काठमाडौं–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौं अवतरण हुने समय पनि परिवर्तन भएको छ । यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाडौंमा अवतरण हुन्थ्यो । अब ९ः२५ मा आइपुग्नेछ ।


    images
    images

    Logo