images
images

रिलायन्स स्पिनिङ मिल्सले पायो उच्च अदालतबाट सफाइ, सेयर निष्कासनकाे बाटो खुला


  • 437
    SHARES
  • २०८१ कार्तिक २२ गते बिहीबार

    रिलायन्स स्पिनिङ मिल्सले पायो उच्च अदालतबाट सफाइ, सेयर निष्कासनकाे बाटो खुला

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न उच्च अदालतबाट बाटो खुलेको छ ।

    सेयर निष्कासनविरुद्ध परेको रिटलाई  अदालतले बुधबार खारेज गरिदिएको छ । हरिबहादुर केसीसहित चार जनाले गत २५ असारमा दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।

    अब रिलायन्सलाई बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न कानुनी बाटो खुलेको छ । यद्यपि नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन गर्न नसक्दा रिलायन्सदेखि अरू दर्जनौं कम्पनीको सेयर निष्कासनसम्बन्धी फाइलहरू महिनौंदेखि अलपत्र पर्दै आएको छ ।

    यसअघि कम्पनीले वित्तीय विवरणमा जालझेल गरेको आरोप लागेको थियो ।  रिलाइन्सको आईपीओ विवाद चर्किएपछि संसदको सार्वजनिक लेखा समितिले पनि यसमा चासो देखाउँदै प्रक्रिया रोक्न र कागजात जाँच गर्न बोर्डलाई भनेको थियो ।


    images
    images

    Logo