काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अंकले घटेर २ हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएको ३ सय २० स्क्रिपको ५ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ ।
बुधबार नेप्से घटेर बन्द भएपनि कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १ सय २१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय १७ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । यस्तै, बलेफी हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।



