images
images

पाँच कम्पनीको सकारात्मक सर्किट सहित ६० अंकले नेप्से उकालो लाग्दा बढेन कारोबार


  • 763
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    पाँच कम्पनीको सकारात्मक सर्किट सहित ६० अंकले नेप्से उकालो लाग्दा बढेन कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६० अंकले बढेको छ । बुधबार शेयर बजार २.४२ प्रतिशतले बढेर २ हजार ५ सय ७१ दशमलव ६६ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८६ वटा कम्पनीको २ अर्ब ६७ करोड बराबरको ६१ लाख कित्ता शेयर कारोबार भएको छ । १७९ वटा कम्पनीको शेयर मुल्य बढ्दा ६ वटा कम्पनीको शेयर मुल्य घटेको भने बाँकी १ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।

    बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम,, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट,ट्रेडिङ, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, फाइनान्स लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ । 

    फाइनान्स कम्पनीको शेयर मुल्य ५ प्रतिशतले बढेको छ भने आइड्रोपावरको मुल्य ४ प्रतिशतले बढेको हो त्यसैगरी ट्रेडिङ,विकास बैंक, र होटलको शेयर मुल्य ३ प्रतिशतले बढेको हो । 
      
    बजार बढेसँगै नबिल बैंकको सर्वाधिक ९ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । 

    नेप्से बढेसँगै मैलुङ खोला जलविद्युत्त् कम्पनी, आँखु खोला जलविद्युत्त् कम्पनी, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 

    आज मुल्य घट्ने कम्पनीहरुमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, एन आईसी एशिया लघुवित्त वित्तीय संस्था, एनआइबीएल प्रगति फण्ड आदि रहेका छन् । 


    images
    images

    Logo