images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द


  • 433
    SHARES
  • २०८१ कार्तिक २० गते मंगलबार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द

    काठमाडौं । यही कार्तिक २३ गते शुक्रवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन काम गर्नु परेकोले हरेक दिन १० घण्टा विमानस्थल बन्द हुन लागेको हो ।

    विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब पाँच महिना लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसका लागि लामो समय लाग्ने भएकाले नै कार्तिकदेखि नै काम थाल्न लागिएको प्राधिकरणको भनाइ छ ।

    गर्मी याममा काम गर्न नसकिने तथा मनसुन पनि प्रारम्भ हुने भएकोले हिउँदको समयमात्र उपयुक्त विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ । रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको प्राधिकरणले जनाएकाे छ ।


    images
    images

    Logo