images
images

गण्डकी प्रदेशका मुख्यमन्त्रीको ४ जिल्लामा जग्गा, अरु के–कति छ सम्पति ?


  • 338
    SHARES
  • २०८१ कार्तिक १४ गते बुधबार

    गण्डकी प्रदेशका मुख्यमन्त्रीको ४ जिल्लामा जग्गा, अरु के–कति छ सम्पति ?

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सम्पत्ति विभिन्न चार जिल्लामा जग्गादेखि बैंकमा करोडौँ रुपैयाँ बचत रहेको देखिएको छ ।

    मुख्यमन्त्री पाण्डेले प्रदेश मुख्यमन्त्री कार्यालयको वेबसाइट मार्फत् सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अधिकांश सम्पत्ति पैतृक रहेको र केही व्यापार व्यवसायबाट आर्जन गरेको देखिएको छ ।

    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग गोरखा पालुङटारको वडा नम्बर १ मा ४ कित्ता, काठमाडौं वडा नम्बर ३ मा १ कित्ता र कपिलवस्तुमा २ कित्ता पैतृक सम्पत्ति बापतको जग्गा रहेको छ ।

    त्यस्तै मुख्यमन्त्री पाण्डेको भक्तपुरको सूर्यविनायकमा ५ कित्ता जग्गा झण्डै ९ रोपनी रहेको छ । सो जग्गा मोहीबाट कमोत भएको र पारिवारिक सगोलमा नै रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

    मुख्यमन्त्री पाण्डेसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोतीको गहना रहेको छ । जसको स्रोत उनले पैतृक, जग्गा बिक्रीबाट र तलबमार्फत भनेर उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री पाण्डेको विभिन्न बैंकमा १ करोड भन्दा बढी बचत रहेको र विभिन्न बैंक तथा वित्तीय संस्था र होटेलमा ७५ हजार बढी कित्ता शेयर भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

    त्यस्तै, उनले २०७३ सालमा मारुती बलेरो कार खरिद गरेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।


    images
    images

    Logo