काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडको १२.६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्न कात्तिक ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।
यस अनुसार कात्तिक ३ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने नगद लाभांश पाउनेछन् । उक्त कम्पनीको वार्षिक साधारणसभा कात्तिक १७ गते केन्द्रिय कार्यालय थापाथली काठमाडौंमा बस्दैछ ।
सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १२.६ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।