images
images

२५ प्रतिशत बोनसपछि साधना लघुवित्तको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?


  • 584
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    २५ प्रतिशत बोनसपछि साधना लघुवित्तको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

    काठमाठौं । साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

    नेप्सेका अनुसार बुधबार लघुवित्तको २५ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो । 

    सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य १ हजार ४ सय १५ रुपैयाँमा समायोजन भएको छ  । 

    साधना लघुवित्तको अन्तिम कारोबार १ हजार ७ सय ६९ रुपैयाँमा भएको थियो । 

    लघुवित्तले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

    उक्त लघुवित्तको वार्षिक साधारणसभा कात्तिक १३ गते शनिबार होटल गोरखा बिसौनी गोरखामा बस्दैछ । सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 

     

     

     


    images
    images

    Logo