images
images

तिहार लक्षित गर्दै चाँदी सिक्का बिक्री सुरु, असर्फी भने मंगलबार मात्र


  • 387
    SHARES
  • २०८१ कार्तिक १२ गते सोमबार

    तिहार लक्षित गर्दै चाँदी सिक्का बिक्री सुरु, असर्फी भने मंगलबार मात्र

    काठमाडौं । यस वर्षको तिहारका लागि नेपाल राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन सिक्का बिक्री गर्न सुरु गरेको हो।  

    यो सिक्का सर्वसाधारणले बुधबारसम्म मात्रै खरिद गर्न पाउनेछन् । काठमाडौं बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागबाट सिक्का बिहान ११ बजेदेखि मध्यान्न ४ बजेसम्म सिक्का किन्न सकिने छ ।

    एउटा व्यक्तिले बढीमा पाँच थान (गाई अंकित २५ ग्राम र १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) चाँदीका सिक्का खरिद गर्न पाउने छ । 

    यसपालि असर्फी भने १३ गते अथात् भोली मंगलबार मात्रै विक्री गर्ने भएको छ । यसका साथै सर्वसाधारणले एउटाभन्दा बढी सुनको सिक्का (असर्फी)भने खरिद गर्न पाउने छैनन्। 

    असर्फी बनाउन चाहिने गुणस्तरको सुन (९९९.९९ टच) अभाव भएकाले पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको राष्ट्र बैंकले जनाएको छ ।

    असर्फी, चाादीका स्मारिका र मेडालियन सिक्का खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि आवश्यक रहेको पनि सूचनामा उल्लेख छ । असर्फी र मेडालियन खरिदका लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।


    images
    images

    Logo